• २१ असोज २०८३, बुधबार
  • ५ः३५ बिहान

रास्वपा र राप्रपाले आज पनि गरे संसद अवरोध

प्रकाशित मिति

२०८२ असार ७ गते, शनिबार ०२:०७

असार ७, २०८२ काठमाडौं । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज पनि अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राखेर सांसदहरू अवरोधमा छन्।

National Life

शनिवारको बैठकमा बोल्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताइन्। राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखिन्। जनताले भोगिरहेको यतिठूलो समस्याको मुद्दा आफूहरू त्यसै नछाड्ने अडान सुनाइन्। सभामुखले रास्वपा र राप्रपालाई बोल्न दिएर सदन अगाडि बढाउन खोजेपछि सत्तापक्षकै सांसदहरुले होहल्ला गरेका छन्।

प्रतिकृया