• २ असोज २०८३, शुक्रबार
  • ७ः४४ बेलुका

नागार्जुनका मेयर मोहन बस्नेत घुसकाण्डमा दोषी ठहर

प्रकाशित मिति

२०८२ असार ७ गते, शनिबार ०७:३९

असार ७, २०८२ काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो।

National Life

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले बिहीबार दिएको आदेशमा बस्नेतले पद्मा कोलोनी प्रालिका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको पुष्टि भएको उल्लेख छ।

नेपाली कांग्रेसबाट दुईपटक नगर प्रमुखमा निर्वाचित भएका बस्नेतले स्वार्थ गाँसिएको कम्पनीसँग मिलेमतो गरी घुस लिएको र सो घुस रकम तथा त्यसबाट खरिद गरिएको सम्पत्ति अन्य व्यक्तिहरूलाई बिक्री वितरण गरी १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको ठहर गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष अदालतले घुसदाताका रूपमा राजुप्रसाद कँडेललाई समेत दोषी मान्दै दुवै जनाको सजाय निर्धारणका लागि असार १६ गतेका लागि पेशी तोकेको छ।

प्रतिकृया