• २१ असोज २०८३, बुधबार
  • ५ः४३ बिहान

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कबिहीन भएको डा. केशव श्रेष्ठ भेटिए

प्रकाशित मिति

२०८२ असार २ गते, सोमबार ०२:२७

असार २, २०८२ काठमाडौं । फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई काठमाडौँको बालाजुको रिसोर्टमा भेटाएको हो ।

National Life

प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसनको आधारमा खोज तिब्र पारेको थियो ।  फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कबिहिन भएपछि उनलाई खोज्न प्रहरीलाई अनुरोध गरिएको थियो । 

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर  मोवाइल बन्द गरेका थिए । उनले सोमबार बिहान फेसबुकमा सबै जनालाई अलविदा मलाई माफ गरिदिनु भन्दै लेखेका थिए । 

Classic Tech Mobile
Classic Tech Desktop

१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले आफूलाई काम गर्न नदिएको भन्दै आफुलाई स्वास्थ्य मन्त्रालयले समेत सहयोग नगरेको आरोप लगाएका छन् । 

प्रतिकृया