दिल्ली आउने एयर इन्डियाको विमानमा प्राविधिक गडबडीपछि हङकङ फर्कियो
प्रकाशित मिति
२०८२ असार २ गते, सोमबार ०२:३२
असार २, २०८२ काठमाडौं । हङकङबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान प्राविधिक गडबडी भएको पाइएको छ । यो उडान बोइङ ७८७-८ ड्रीमलाइनरको थियो । यो विमान हङकङ नै फर्किएको बताइएको छ ।
यसअघि आइतबार भारत आउँदै गरेका दुई बोइङ ड्रीमलाइनर विमानहरू पनि बीच बाटोबाट फर्किएका थिए । यीमध्ये एउटा उडान लन्डनबाट चेन्नई र अर्को जर्मनीको फ्रान्कफर्टबाट हैदराबाद आउँदै थियो । दुवै सोमबार विहान भारतमा अवतरण गर्ने कार्यक्रम थियो ।

चेन्नई आउँदै गरेको ब्रिटिश एयरवेजको बोइङ ७८७-८ ड्रीमलाइनर प्राविधिक गडबडीका कारण फर्कनुपरेको थियो । लुफ्थान्सा एयरलाइन्स (जर्मनी) को बोइङ ७८७-९ ड्रीमलाइनरलाई बमको धम्की आएको थियो । यसका कारण विमानले अवतरणको अनुमति पाएन र फर्कनुपरेको थियो ।

जुन १२ मा, अहमदाबादमा दुई मिनेट भित्रै बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएपछि यी घटनाहरु बाहिर आएका छन् ।




प्रतिकृया