• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए

प्रकाशित मिति

२०८२ असार १ गते, आईतवार ०२:१५

असार १, २०८२ काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै निरन्तर अवरोध गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्।

National Life

संसद्मा नाराबाजीबीच पनि सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाएपछि राप्रपाका सांसदहरूले विरोधस्वरूप बैठक बहिष्कार गरेका हुन्।

सुरुमा राप्रपाका सांसदहरू आसनमै उभिएर विरोध जनाइरहेका थिए भने केही समयपछि बैठक छाडेर बाहिरिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तो अवस्थाबीच सभामुख घिमिरेले आकस्मिक समय अघि बढाएका छन्। अर्थमन्त्री वर्षमान पुन पौडेल रोष्ट्रममा पुगेर सम्बोधन गर्न थालेका बेला एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका थिए।

प्रतिनिधिसभामा जारी यो अवरोध भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको मागसँग जोडिएको हो। राप्रपाले संसदमा उठाएको माग बेवास्ता भएको भन्दै यो कदम चालेको बताएको छ।

प्रतिकृया