• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही

प्रकाशित मिति

२०८२ असार १ गते, आईतवार ०२:०३

असार १, २०८२ काठमाडौं। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको निरन्तर अवरोधका बीच प्रतिनिधिसभाको बैठक आइतबार पनि अव्यवस्थित देखियो।

रास्वपा सांसदहरूले संसद् वेल घेराउ गर्दै तीव्र नाराबाजी गरेपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आकस्मिक समयमा बोल्न अस्वीकार गरे। सभामुख देवराज घिमिरेले उनलाई समय दिएको भए पनि सिंहले संसद् अवरोध भइरहेका बेला बोल्न उपयुक्त नदेखिएको प्रतिक्रिया दिए।

Kamana Sewa

त्यसपछि सभामुखले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिएका थिए। शाहीले संसद् अवरोध भइरहँदा बैठक संचालन गर्नु ‘दादागिरी’ भएको भन्दै आपत्ति जनाए। उनले भने, ‘संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन।’

Classic Tech Desktop

उनले भिजिट भिसा प्रकरणमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग दोहोर्याउँदै सबै दलहरूलाई साथ दिन आग्रह गरे। शाहीले थपे, ‘हामी सबै जनता जिताएर आएका प्रतिनिधि हौं। दोषीलाई कारबाही गरियोस् भन्ने हाम्रो साझा उद्देश्य हो।’

राप्रपाले आफूहरूका माग बेवास्ता गर्दै संसद् बैठक अघि बढाउनु लोकतान्त्रिक अभ्यासको अपमान भएको टिप्पणी गरेको छ।

रास्वपाका सांसदहरू वेल घेरेर नाराबाजी गरिरहँदा सभामुख घिमिरेले भने बैठकको कार्यसूची अनुसार प्रक्रिया अगाडि बढाएका थिए।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नगरेसम्म राप्रपा र रास्वपा दुवैले संसद् अवरोध जारी राख्ने चेतावनी दिएका छन्।


प्रतिकृया