• २१ असोज २०८३, बुधबार
  • ६ः०० बिहान

आज पनि विपक्षीले संसद अवरुद्ध गर्ने

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ०२:३१

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि स्थगित हुने भएकको छ । आज दिउँसो १ बजेका बैठक बस्ने तय भए पनि सञ्चालन हुने सम्भावना निकै कम रहेको संसद सचिवालयले जनाएको छ।

National Life

सभामुखसँगको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र सहभागी भए पनि रास्वपा अनुपस्थित रहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले बैठक सञ्चालन हुने सम्भावना कम रहेको हो।

‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। जेठ १३ देखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। दलहरूबीच पटक–पटक छलफल भए पनि सहमति बन्न सकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया