• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

कुमारी बैंकको ३१ हजार कित्ता शेयर बिक्रीमा

प्रकाशित मिति

२०८२ जेष्ठ २५ गते, आईतवार १०:४१

काठमाडौं। कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३१ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

National Life

सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

उक्त अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया