• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

विपक्षी दलहरूको बैठक संसद् भवनमा सुरु

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार ०१:४८

काठमाडौं । विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो । जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् ।

National Life

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको जनाएको छ ।

सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ । अनौपचारिक संवादपछि विपक्षी दलहरू औपचारिक छलफलमा जुटेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया