• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदा तयार : गृहमन्त्री लेखक

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार ०१:३०

काठमाडौं । सरकारले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ। गृहमन्त्री रमेश लेखकले शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त जानकारी दिएका हुन्।

National Life

गृहमन्त्री लेखकका अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने विषयलाई विधिवत् रूपमा सम्बोधन गर्न नयाँ ऐन निर्माण प्रक्रिया अगाडि बढाइएको हो।

“गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार समेट्ने गरी संविधानको भावना अनुरूप विधेयकको मस्यौदा तयार भएको छ,” गृहमन्त्री लेखकले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार अब सो विधेयक कानुनी प्रक्रियाबाट अघि बढाइनेछ। गैरआवासीय नेपालीहरुले लामो समयदेखि नागरिकताको स्पष्ट व्यवस्थाका लागि माग गर्दै आएका थिए।

प्रतिकृया