• २१ असोज २०८३, बुधबार
  • ६ः०८ बिहान

संसद् छिट्टै सुचारु हुने मन्त्री गुरुङको दाबी

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार १२:२२

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभामा जारी अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले चालु संसद् अधिवेशनमै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी दिए।

National Life

उनले प्रतिपक्षी दलले प्रतिशोधको भावना राख्दै संसद् अवरुद्ध गरिरहेको आरोप लगाउँदै भने, “कर्मचारीको गल्तीका लागि विभागीय मन्त्रीले राजीनामा दिनुपर्ने तर्क युक्तिसंगत छैन।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनप्रति टिप्पणी गर्न नमिल्ने धारणा राख्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, “अख्तियारको दुरुपयोग गर्ने जो–कोहीमाथि छानबिन गर्नु आयोगको स्वाभाविक कार्य हो।”

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री गुरुङले राजनीतिक प्रतिशोधका कारण संसद् अवरुद्ध गर्नु देश र जनताको हितमा नहुने भन्दै सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिकृया