• १ असोज २०८३, बिहीबार
  • ५ः२४ बेलुका

नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराउँदै आईसीसी विश्वकप लिग २ मा दोस्रो जित

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार १२:००

काठमाडौं । आरिफ शेखको उत्कृष्ट ब्याटिङ प्रदर्शनको मद्दतले नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

National Life

नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा आरिफ शेखले सर्वाधिक ७८ रन बनाए। उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। सुरुवातमा धैर्यपूर्वक खेलेका आरिफले बीचको समयमा आक्रामक खेल प्रदर्शन गर्दै रन गति बढाएका थिए।

कप्तान रोहित पौडेल (२३ रन) संग ५५ रनको साझेदारी गरेका आरिफले रोहित रन आउट भएपछि दिपेन्द्रसिंह ऐरीसँग मिलेर ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको संघारमा पुर्‍याएका थिए। ऐरीले अविजित ३८ रन बनाए भने गुल्शन झाले अन्तिममा विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे। कुशल भुर्तेलले २५, आसिफ शेखले १९ र भीम सार्कीले ११ रनको योगदान गरे।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो। नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ४६ रन जोडे। विक्रमजित सिंहले ३८ र रोलफ भान डर मर्वेले २१ रन बनाए।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए।

नेपालले यसअघि स्कटल्याण्डविरुद्धको खेलमा पनि जित निकालेको थियो। अब नेपालले जुन ८ मा फेरि स्कटल्याण्डसँग खेल्नेछ।

प्रतिकृया