• २१ असोज २०८३, बुधबार
  • ६ः२३ बिहान

सिटिजन्स बैंकका ग्राहकलाई लाइफ क्युइस्ट ल्याबमा २० प्रतिशत छुट

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार ०४:५३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरीस्थित लाइफ क्युइस्ट क्लिनिकल ल्याब प्रा.लि.बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। समझदारीअनुसार अब सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ल्याब सेवामा २० प्रतिशतसम्मको छुट पाउनेछन्।

National Life

दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि बैंकले आफ्नो ग्राहकलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाउने र डिजिटल कारोबारप्रति आकर्षित गराउने विश्वास लिएको छ। बैंकले जनाएको छ कि यस्तो सहकार्यले नगद कारोबार घटाउँदै डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको छ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न उत्प्रेरित गर्न समय समयमा विभिन्न रियायत तथा सुविधाहरू ल्याउँदै आएको छ। यो सम्झौताले ग्राहकहरुलाई गुणस्तरीय ल्याब सेवा लिनुका साथै डिजिटल बैंकिङ्गको प्रयोगबाट छुटको फाइदा लिन अवसर प्रदान गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

डिजिटल माध्यमबाट गरिने कारोबारमा पाइने छुटको विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध रहेको जानकारी पनि बैंकले दिएको छ।

प्रतिकृया