• ५ साउन २०८३, मंगलबार
  • १२:३४ बिहान

सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको निर्देशन

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार ०५:५५

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध दायर ज्यान सम्बन्धी उजुरीमा प्रहरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ। अदालतले प्रहरीको तर्फबाट उजुरी तामेलीमा राख्ने निर्णय खारेज गर्दै अनुसन्धान प्रक्रियालाई पुनः सुरु गर्न निर्देशन दिएको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उक्त आदेश दिएको हो। सर्वोच्च अदालतको वेबसाइटमा ‘उत्प्रेषण जारी’ भएको उल्लेख भए पनि विस्तृत आदेश भने हालसम्म सार्वजनिक गरिएको छैन।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया