• ४ साउन २०८३, सोमबार
  • ९:५० बेलुका

कोशीमा मनसुनी प्रभाव, अन्यत्र पश्चिमी र स्थानीय वायुको असर : वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार ०९:१०

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। यसका साथै, कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा भने मौसम सफादेखि आंशिक बदली रहने सम्भावना छ।

Kamana Sewa

वर्षाको कुरा गर्दा, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Classic Tech Desktop

यस्तै, देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रतिकृया