• १४ असोज २०८३, बुधबार
  • २ः४६ राती

बजेट सार्वजनिकपछि अर्थमन्त्री पौडेलले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार १०:४२

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज शुक्रबार बजेटसम्बन्धी पत्रकार सम्मेलन गर्ने भएका छन्। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेका अर्थमन्त्री पौडेलले त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गर्न लागेका हुन्।

National Life

अर्थमन्त्रीको सचिवालयका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजना गरिनेछ। सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटमा केन्द्रित हुनेछ।

सरकारले बिहीबार सार्वजनिक गरेको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ। चालु आर्थिक वर्षको बजेट (१८ खर्ब ६० अर्ब ३० करोड) भन्दा ५.५८ प्रतिशतले र संशोधित बजेटभन्दा १८.२ प्रतिशतले बढी बजेट ल्याइएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले बजेटमा आर्थिक वृद्धिदर ६ प्रतिशतको लक्ष्य लिएको छ भने मुद्रास्फीति ६.५ प्रतिशतभित्र सीमित गर्ने योजना प्रस्तुत गरिएको छ। बजेटपछि पहिलोपटक सार्वजनिक रूपमै अर्थमन्त्री पौडेल पत्रकार सम्मेलनमार्फत बजेटको प्राथमिकता र कार्यान्वयन रणनीति सार्वजनिक गर्ने तयारीमा छन्।

प्रतिकृया