• १५ असोज २०८३, बिहीबार
  • ६ः१५ बिहान

सभामुखले बोलाए बैठक

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार १०:२९

काठमाडौं । सभामुख देवराज घिमिरेले अवरुद्ध प्रतिनिधि सभा बैठक बस्ने वातावरण बनाउन छलफल थालेका छन्। शुक्रबार छलफलका लागि संघीय संसद् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतकहरुलाई छलफलमा बोलाएका हुन्।

National Life

सभामुखको निजी सचिवालयका अनुसार बिहान ११ बजे मुख्य सचेतक र सचेतकसँग छलफल गरेपछि सभामुख घिमिरेले १२ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेपछि सभामुख संसद खुलाउने प्रयासमा लागेका हुन्। बजेट भाषण गर्न सहमत भएका दलले त्यसपछि विरोध निरन्तर रहने बताएपछि सभामुखले पहल थालेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया