• १२ असोज २०८३, सोमबार
  • ८ः५९ राती

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार १०:५०

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुनको मूल्य एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

National Life

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६१ हजार ६१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया