• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

राजसंस्थाको पुनर्स्थापनाको मागसहित राजावादी समूहको प्रदर्शन माइतीघरमा

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार १०:५९

काठमाडौँ । राजसंस्थाको पुनर्स्थापना, हिन्दुराष्ट्रको घोषणासहित संघीयता खारेजीको माग गर्दै राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्।

National Life

संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुने प्रदर्शनबारे राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिएका हुन्। उनका अनुसार यो प्रदर्शन देशमा राजसंस्थाको पुनर्स्थापनाको मागलाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको हो।

यसअघि बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा पनि राजावादी समूहले प्रदर्शन गरेको थियो। आन्दोलनकारीहरूले ‘राजसंस्था फर्काऔँ’, ‘नेपाललाई हिन्दुराष्ट्र बनाऔँ’, ‘संघीयता खारेज गरौँ’ जस्ता नारा लगाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया