• १८ भदौ २०८३, बिहीबार
  • ११ः५७ बिहान

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरु, अब रक्त क्यान्सरको भेरियन्ट यहीं पत्ता लाग्ने

प्रकाशित मिति

२०८२ जेष्ठ १३ गते, मंगलवार १०:०६

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनले रक्त क्यान्सरको भेरियन्ट पत्ता लगाउन ‘फ्लोसाइटोमेट्री’ परीक्षण सेवा सुरु गरेको छ। अबदेखि महँगो शुल्क तिरेर विदेश पठाउनु पर्ने बाध्यता अन्त्य भएको छ।

अस्पतालले आवश्यक उपकरण जडान गरी चिकित्सक र प्राविधिकलाई तालिम दिएर सेवा सञ्चालनमा ल्याएको हो। हालसम्म ९० जनाभन्दा बढीको परीक्षण भइसकेको अस्पतालका प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेले जानकारी दिइन्।

Kamana Sewa

यसअघि भारत पठाएर गरिँदै आएको परीक्षण अब अस्पतालमै रु १२ हजारमा गर्न सकिने छ। परीक्षणका लागि हड्डीको मासी (bone marrow) ढाडबाट निकालिन्छ, र क्यान्सरको प्रकार पत्ता लगाइन्छ।

Classic Tech Desktop

एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिम पठाएर सेवा सुरु गरिएको हो।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार सेवा विस्तार र उपचारलाई प्रभावकारी बनाउन थप उपकरण र तालिममा जोड दिइएको छ। नयाँ परीक्षण सुविधाले नेपाली बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

प्रतिकृया