• १८ भदौ २०८३, बिहीबार
  • १२ः४८ दिउँसो

घटयो सुनको मूल्य

प्रकाशित मिति

२०८२ जेष्ठ १३ गते, मंगलवार १०:५४

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

Kamana Sewa

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार ६६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय १० रुपैयाँ ५० पैसा कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया