• १८ भदौ २०८३, बिहीबार
  • ३ः०० दिउँसो

आगामी आर्थिक वर्षको बजेटबारे अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई ब्रिफिङ

प्रकाशित मिति

२०८२ जेष्ठ १३ गते, मंगलवार ११:१९

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटबारे ब्रिफिङ गरेका छन्।

आज बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर अर्थमन्त्री पौडेलले संविधानअनुसार जेठ १५ गते संसद्मा प्रस्तुत गरिन लागेको बजेटको खाका र प्राथमिकताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

Kamana Sewa

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले बजेटका मुख्य अंश, सरकारको आर्थिक नीति तथा कार्यक्रम, तथा बजेटमार्फत सम्बोधन गरिने मुख्य क्षेत्रका विषयमा राष्ट्रपति समक्ष विवरण प्रस्तुत गरेका थिए।

Classic Tech Desktop

संविधानको व्यवस्था अनुसार नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आएको छ।

प्रतिकृया