सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, के तपाईहरुले आवेदन दिनु भयो ?
प्रकाशित मिति
२०८२ जेष्ठ १३ गते, मंगलवार ०९:१८
काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज जेठ १३ गते मंगलबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले जेठ ९ गते शुक्रबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरेको हो ।
सान्भिले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गरिसकेको छ ।

सान्भि इनर्जीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आईपीओमा सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन पाइनेछ ।

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ पुस ११ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ फागुन १५ गतेसम्म बाहल रहनेछ ।




प्रतिकृया