• २१ असोज २०८३, बुधबार
  • ७ः०८ बिहान

कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम सोमबार पेस गर्ने

प्रकाशित मिति

२०८२ जेष्ठ ४ गते, आईतवार १०:३५

विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पेस गर्ने निर्णय गरेको हो।

National Life

कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले गर्ने निर्णय गरिएको छ।

सरकारको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया