• २१ असोज २०८३, बुधबार
  • ७ः१३ बिहान

आज तीन संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८२ जेष्ठ ४ गते, आईतवार ०९:५८

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्ययोजनाबारे छलफल हुने जनाएको छ ।

National Life

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो साढे ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया