आइपिएलमा आज दुई खेल हुँदै
प्रकाशित मिति
२०८२ बैशाख २१ गते, आईतवार १०:२४

वैशाख २१, २०८२ काठमाडौँ: जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेलमा कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दैछन् भने दोस्रो खेलमा पञ्जाव किंग्स र लखनउ सुपरजाइन्ट खेल्दैछन् ।
इडेन गार्डेनमा हुने पहिलो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुनेछ ।
जारी आइपिएलमा कोलकोताले अहिलेसम्म १० खेलमा ९ अंक हासिल गरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । प्लेअफको दौडमा कायम रहन कोलकोताका लागि अब आफ्ना बाँकी चार खेल जित्नै पर्ने अवस्था छ । अर्कोतर्फ राजस्थान रोयल्स भने प्लेअफको दौडबाट बाहिरिएको छ । राजस्थानको ११ खेलमा ६ अंक मात्र रहेको छ ।
यस सिजनमा यी दुवैबीच मार्च २६ मा भएको खेल कोलकोताले ८ विकेटले जितेको थियो ।
त्यस्तै धर्मशालामा हुने दोस्रो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ । जारी आइपिएलमा पञ्जाव १० खेलमा १३ अंकसहित हाल चौथो स्थानमा रहेकोछ भने लखनउले १० खेलमा १० अंकसहित छैटौं स्थानमा रहेकोछ । यी दुवैबीच यस सिजनमा अप्रिल १ मा भएको खेल पञ्जावले ८ विकेटले जितेको थियो ।
प्रतिकृया