• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

आइपीएलमा आज दुई खेल हुँदै

प्रकाशित मिति

२०८२ बैशाख १४ गते, आईतवार ०९:४५

वैशाख १४, २०८२ काठमाडौँ: जारी आइपीएल अन्तर्गत आज दुई खेल हुदैछ । आज पहिलो खेल मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टबीच हुदैछ । मुम्बईमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा मुम्बईले ९ खेलमा ५ जित र ४ हार बेहोर्दै १० अंकसहित चौथो स्थानमा रहेको छ भने लखनउले पनि ९ खेलमा ५ जित ४ हारसहित १० अंक हासिल गर्दै छैटौं स्थानमा रहेको छ ।

Kamana Sewa

त्यसैगरी आज दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुनेछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि हुनेछ । जारी आइपिएलमा दिल्ली क्यापिटल्स ८ खेलमा ६ जित र २ हारसहित १२ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने रोयल च्यालेन्जर्स बैंगलुरुको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया