• २ असोज २०८३, शुक्रबार
  • २ः३६ दिउँसो

राष्ट्रपतिद्वारा दुई देशका गैरआवासीय राजदूत नियुक्त

प्रकाशित मिति

२०८२ बैशाख १० गते, बुधबार ०३:२४

वैशाख १०, २०८२ काठमाडौँ: नेपाल सरकारले स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललाई माल्टाका लागि र इजरायलका लागि नेपाली राजदूत प्रा। धनप्रसाद पण्डितलाई साइप्रसका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिएको छ ।

National Life

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज नेपाल र पण्डितलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले उनीहरूलाई संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय राजदूतको रूपमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया