• ४ साउन २०८३, सोमबार
  • ८:४२ बेलुका

पञ्जाव किंग्सको कोलकोता नाइट राइडर्समाथि नाटकीय जित

प्रकाशित मिति

२०८२ बैशाख ३ गते, बुधबार ०८:२१

वैशाख ३, २०८२ काठमाडौँ: पञ्जाव किंग्सले कोलकोता नाइट राइडर्समाथि नाटकीय जित हासिल गरेको छ ।

जारी आइपिएल अन्तर्गत गएराती सम्पन्न खेलमा पञ्जाव किंग्सले कोलकोता नाइट राइडर्सलाई १६ रनले पराजित गरेको हो ।

Kamana Sewa

पञ्जावले दिएको केवल ११२ रनको लक्ष्य पछाएको कोलकोता१५.१ ओभरमा ९५ रनमा अल आउट भएपछि पञ्जावले नाटकीय जित हासिल गरेको थियो ।

Classic Tech Desktop

कोलकोताका लागि अंगकृष रघुबंशीले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान आजिख्य रहाने र आन्द्रे रसेलले १७-१७ रन बनाएका थिए । त्यस्तै कोलकोताविरुद्ध पञ्जावका बलर युजवेन्द्र चहलले ४ व्किकेट लिएका थिए भने मार्को जानसेनले ३ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पञ्जावले १५.३ ओभरमा अल आउट हुदै १११ रन बनाएको थियो ।

पञ्जावका लागि प्रभसिमरन सिंहले ३० रन बनाए भने प्रियांश आर्याले २२ र शशांक सिंहले १८ रन बनाएका थिए । त्यसैगरी कोलकोताका बलर हर्षित रानाले ३ तथा वरुण चक्रवर्ती र सुनिल नारनले २-२ विकेट लिएका थिए ।

यो जितपछि पञ्जावको ६ खेलमा ४ जित र २ हारसहित ८ अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताले भने चौथो हार बेहोरेको छ । कोलकोताको ७ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ ।

प्रतिकृया