• २२ भदौ २०८३, सोमबार
  • १०ः१६ राती

चेन्नईको लगातार चौथो हार, पञ्जाव १८ रनले विजयी

प्रकाशित मिति

२०८१ चैत्र २७ गते, बुधबार १०:४४

चैत्र २७, २०८१ काठमाडौँ: पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई १८ रनले पराजित गरेको हो ।

National Life

पञ्जावले दिएको २२० रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

चेन्नईका लागि डेभोन कोनवेले सर्बाधिक ६९ रन बनाएका थिए भने शिभम दुवेले ४२ रन बनाए । त्यस्तै रचिन रविन्द्रले ३६, महेन्द्र सिंह धोनीले २७ रन बनाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी पञ्जावका बलर लुकी फर्गुसनले २ विकेट लिए भने यश ठाकुर र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनाएको थियो ।

पञ्जाका लागि प्रियांश आर्याले शतकीय पारी खेलेका थिए । प्रियांशले ४२ बलमा १०३ रन बनाएका थिए । त्यस्तै शशांक सिंहले ५२ र मार्को जानसेनले ३४ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर खलील अहमद र आर आश्विनले २-२ विकेट लिए भने मुकेश चौधरी र नूर अहमदले एक एक विकेट लिएका थिए ।

यो जारी सिजनमा पञ्जावको तेस्रो जित हो । ४ खेलमा ३ जित र एक हारसहित पञ्जावको ६ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै चेन्नईले भने लगातार चौथो खेलमा हार बेहोरेको छ । ५ खेलमा एक जित र ४ हारसहित चेन्नई नवौं स्थानमा झरेको छ ।

प्रतिकृया