• २३ भदौ २०८३, मंगलबार
  • ६ः२० बिहान

पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना

प्रकाशित मिति

२०८१ चैत्र २७ गते, बुधबार ०८:४३

चैत्र २७, २०८१ काठमाडौँ: सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी अस्पताल भर्ना भएका छन् । मंगलबार उनको स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा (युसीएमएस) भर्ना गरिएको हो ।

National Life

पूर्वडीआईजी जोशी पहिल्यैदेखि बिरामी छन्। नियमित औषधि सेवन गर्दै आएका उनको स्वास्थ्यमा मंगलबार थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र केही दिन अस्पतालमै राख्नु पर्ने कारागार प्रशासनले जनाएको छ ।

उक्त कारागारमा जोशी माघ २८ गतेदेखि छन्। सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीले माघ २८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए। आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न उनको माग थियो। तर गत शुक्रबार उच्च अदालत रुपन्देहीले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेको छ।

त्यसअघि पोखराका सूर्यदर्शन सहकारीमा ८८ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा ५० लाख धरौटी बुझाएर रिहा भएका थिए।

सुप्रिम सहकारी ठगीकै मुद्दामा जिल्लाबाट एक करोडी धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि उच्च अदालतले थुनामा पठाएको छ। लामिछाने सोमबारदेखि सोही कारागारमा छन्। तर उनीहरूलाई छुट्टा छुट्टै ब्लकमा राखिएको छ।

प्रतिकृया