• २२ भदौ २०८३, सोमबार
  • ४ः०६ बिहान

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

प्रकाशित मिति

२०८१ चैत्र २५ गते, सोमबार ०१:०१

चैत्र २५, २०८१ काठमाडौँ: दुई दिनमा पाँच हजार आठसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

सुनकाे मूल्य शुक्रबार तोलामा तीन हजार नौसय र आइतबार एक हजार नौसय रुपैयाँ घटेको थियो । सुनको मूल्य आज प्रतितोला एक लाख ७३ हजार आठसय रुपैयाँमा झरेको छ । हिजो सुनको मूल्य एक लाख ७४ हजार पाँचसय रुपैयाँ थियो ।

गएको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Classic Tech Desktop

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।

प्रतिकृया