• 4:40 pm

हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

प्रकाशित मिति

२०८१ चैत्र १ गते, शुक्रबार ०१:२१

चैत्र १, २०८१ काठमाडौँ: युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज हङकङविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा हङकङले टस जितेर पहिल ब्याटिङ गर्ने निर्णय लियो। जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले एकमा मात्रै जित निकालेको छ ।

यसअघि नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो भने हङकङसँग दुई रनले पराजित भएको थियो । त्यसैगरी नेपाललले युगान्डालाई पहिलो खेलमा एक विकेटले हराएको थियो भने अर्को खेलमा ४१ रनले पराजित भएको थियो ।

प्रतिकृया