• २ असोज २०८३, शुक्रबार
  • ६ः१३ बिहान

पीएम कपमा आज दुई खेल हुदै

प्रकाशित मिति

२०८१ चैत्र १ गते, शुक्रबार ०८:०५

चैत्र १, २०८१ काठमाडौँ: जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।

National Life

आज नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा पुलिस र एपीएफ दुवैले आफ्ना शुरुका दुवै खेल जितेर ४-४ अंक हासिल गरेका छन् ।

त्यस्तै आज अर्को खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा बागमती प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेश ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया