• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

सिरियामा १४ वर्षयताकै ठूलो हिंसा, एक हजारभन्दा बढीको मृत्यु

प्रकाशित मिति

२०८१ फाल्गुन २६ गते, सोमबार ०४:१६

फाल्गुण २६, २०८१ काठमाडौँ: सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएका झडपमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) का अनुसार, यस हिंसामा ७४५ जना सर्वसाधारणका साथै पूर्वराष्ट्रपति असद समर्थक १४८ र सरकारी फौजका १२५ जनाले ज्यान गुमाएका छन् । यो सिरियामा १४ वर्षयताकै सबैभन्दा ठूलो हिंसा हो।

सुरक्षा फौज र असद समर्थक ‘अलावाइट लडाकु’ बीचको भिडन्त लताकिया प्रान्तको जाब्लेहमा भएको आक्रमणसँग शुरु भएको थियो। यसपछि सिरियाली सरकारले विद्रोहलाई दवाउन सक्रियता अपनाएपछि हजारौं लडाकु उक्त क्षेत्रतर्फ जुटेका थिए।

Kamana Sewa

तीन महिना अघि असदको शासन ढाल्ने विद्रोही समूह हयात तहरिर अल-शामको नेतृत्वमा आएको थियो, र यस हिंसाले सिरियाली सरकारलाई नयाँ चुनौती दिएको छ। सिरियाका अन्तरिम राष्ट्रपति अहमद शाराले राष्ट्रिय एकता र शान्तिको लागि आह्वान गर्दै, यस हिंसालाई असद शासनको पतनपछिका चुनौतीको हिस्सा भनेका छन् ।

Classic Tech Desktop

प्रतिकृया