• २ असोज २०८३, शुक्रबार
  • ६ः०४ बेलुका

‘कांग्रेसको कार्यकारी पदमा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’

प्रकाशित मिति

२०८१ फाल्गुन १५ गते, बिहीबार ०९:०८

फाल्गुण १५, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका नेताहरूले पार्टीको कार्यकारी पदमा उम्मेदवार दिनका निम्ति सम्पत्ति विवरण बुझाउन पर्ने विधानमा व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

National Life

नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय समिति (२०६८–२०७३) ले आयोजना गरेको बृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको घोषणापत्र सार्वजनिक गर्दै नेताहरूले ४० वर्षभित्रका युवालाई ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग गरेको छन् । उनीहरूले युवासँगै विज्ञका निम्ति १० प्रतिशतसम्मको प्रतिनिधित्वको सुनिश्चित गराउन विधानमै व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले नगरकोट घोषणापत्र सार्वजनिक गर्दैै जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने बताएका छन् । कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तरक्रियामा वडा तहदेखि संसदसम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद संख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रुपमा लागु गर्ने गरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल निर्णय भएको छ ।

नेता कर्णका अनुसार नेपाली कांग्रेसको नीतिः उद्यमशीलता सहितको राजनीति अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ । उनले नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न सके मात्र राष्ट्रिय समृद्धिको नेतृत्व पनि लिन सक्ने छलफलको निष्कर्ष सुनाए ।

‘यसका निम्ति पार्टी संगठनको वैचारिक र सांगठनिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ । राजनीतिक दलको मस्तिष्क भनेको यसले अङ्गिकार गरेको विचार, सिद्धान्त, नीति तथा कार्यक्रम हुन् । संगठन यसका शारीरिक र भौतिक अङ्गहरु हुन्,’ उनले भने ।

नेता कर्णले कांग्रेसले स्थापनाकालदेखि अङ्गिकार गर्दै आएका नीति तथा कार्यक्रमको गहन अध्ययन गरी तीन तहको सरकारले देश र जनताका निम्ति गर्नु पर्ने नीति तथा कार्यक्रमको बृहत खाका निर्माण गरिने जानकारी दिए ।

उनले पार्टीले आयोजना गरेको न्युनतम ३ वटा कार्यक्रममा सहभागी र १ वटा प्रशिक्षणमा सहभागी भएको मापदण्डका आधारमा सक्रिय सदस्यता वितरण गरी यसलाई थप जिम्मेवार बनाउने अवधारणा प्रस्तुत गरे ।

छलफलमा सहभागी कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा शुद्धीकरण आवश्यक रहेको बताउँदै नेता कार्यकर्ताले नैतिक मूल्य मान्यताअनुसार नचल्दा समस्या भएको दावी गरे ।

प्रतिकृया