• १ असोज २०८३, बिहीबार
  • ११ः१९ बिहान

चौधरी ग्रुपले मोटोराला भित्र्यायो

प्रकाशित मिति

२०८१ फाल्गुन ११ गते, आईतवार ०१:३६

फाल्गुण ११, २०८१ काठमाडौँ: मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाईल बजारको पछिल्लो लय समाउँदै एक पछी अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ । यसै परिवेशमा मोबाईल बजारमा आक्रमक प्रवेशको तयारी गरिरहेको चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो । यससँगै नेपाली मोबाईल बजारमा चौधरी ग्रुपले बलियो प्रभुत्व जनाउने भएको छ ।

National Life

अत्यन्तै आक्रमक बजारीकरणमा अगाडि बढीरहेको मोटोरोलाले आफ्ना स्मार्टफोनहरु आम उपभोक्ताको सरल पहुँचमा ल्याउन निक्कै प्रतिस्पर्धी मूल्य निर्धारण गर्दै आएको छ । कुनै पनि किसिमका ब्लोटवेयर नभएका एण्डरोईट स्मार्टफोनको प्रिमियम अनुभूतीका लागि मोटोरोलाले स्टक एण्डरोईड अपरेटिङ सिस्टमको अनुभव दिलाउँछ । मूल्यका आधारमा उच्चतम फिचरहरु प्रदान गर्ने मोटोरोलाले प्रोडक्ट डिजाईनमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल भएको छ ।

मोटोरोला नेपालका विजनेस हेड विनय जोशीका अनुसार मोटोरोलाले नेपाली बजारमा नयाँ बेन्चमार्क निर्धारण गर्ने लक्ष्यका साथ बजारमा आफ्ना स्मार्टफोनहरु उतारेको हो । जोशी भन्छन्, “मोटोरोलाले मोबाईल बजारमा कायम राखेको लिगेसीको निरन्तरताको प्रत्याभूती नेपाली उपभोक्ताले पाउने छन् । बजारमा स्मार्टफोन ल्याउनु पूर्व हामीले ताम्राकार कम्प्लेक्समा ग्राहक सेवा केन्द्रको स्थापना गरिसकेका थियौं । हामीले भारतीय बजारसँग समानान्तर मूल्य निर्धारण गरेका छौं । जुन निक्कै प्रतिस्पर्धी हो । हामी नेपाली बजार र उपभोक्ता सन्तुष्टि प्रति प्रतिबद्ध रहेका छौं ।”

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली बजारमा सबैभन्दा एफोर्डेबल फाईज जि स्मार्ट फोन मोटो जी४५, मिडरेन्ज क्याटेगोरीको लिडर मानिएको मोटो एज फिफ्टी फ्युजन, निक्कै प्रिमियम र एफोर्डेबल फिल्प फोन मोटो रेजर फिफ्टी जस्ता मोडलहरु लिएर नेपाली बजारमा प्रतिस्पर्धामा उत्रिएको मोटोरोलो सजिलै नेपाली बजारमा अग्रस्थान हाँसिल गर्ने देखिन्छ । मोटोरोलाका सबै फाईभ जि स्मार्ट फोन आ–आफ्नो क्याटोगोेरीमा मूल्य र स्पेसिफिकेसनका आधारमा क्याटोगोरी लिडर रहेको कम्पनीले दावी गरेको छ ।

नेपाली बजारका लागि प्राथमिकता सहित विशेष मूल्य निर्धारण गरेको मोटोरोलाका स्मार्टफोनहरु रिटेल आउटलेट तथा सिजी डिजिटल तथा दराज लगायतका अनलाईन प्लेटफर्ममा समेत उपलब्ध रहेका छन् । यहाँ स्मरणीय छ चौधरी ग्रुप अन्तर्गतको सिजी मोबाईलले मोटोरोलालाई नेपाली बजारमा भित्र्याएको हो ।

प्रतिकृया