• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

सुनको मूल्य आज बढ्यो, चाँदी सस्तियो

प्रकाशित मिति

२०८१ फाल्गुन ११ गते, आईतवार १२:२९

फाल्गुण ११, २०८१ काठमाडौँ: नेपाली बजारमा आइतबार (फागुन ११) सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज बढेको हो । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ३०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

Kamana Sewa

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घढेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया