• 10:43 am

दोहोरो अङ्कले बढ्यो नेप्से

प्रकाशित मिति

२०८१ फाल्गुन ६ गते, मंगलवार ०४:१३

फाल्गुण ६, २०८१ काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से परिसूचक ११.९१ अङ्कले बढेर २७३९.८२ को विन्दुमा कायम भएको छ ।

यस दिन बजारमा १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयरको खरिद बिक्री हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

यो दिन वाणिज्य बैंक, लगानी, जलविद्युत, जिवन तथा नीर्जिवन बिमा, अन्य र व्यापार समूहको सूचक बढ्दा बाँकी समूहको सूचक घटेका हुन् । आज विन नेपाल लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, सप्तकोसी डेभलपमेन्ट बैङ्क र केबीएल डेबेन्चरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले गिरावट आएको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड ८२ करोड २ लाख ३६ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्तनमा रहेको छ ।

प्रतिकृया