• १ असोज २०८३, बिहीबार
  • ५ः२३ बेलुका

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रकाशित मिति

२०८१ फाल्गुन ४ गते, आईतवार ०८:२९

फाल्गुण ४, २०८१ काठमाडौँ: प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ ।

National Life

संसद सचिवालयका अनुसार सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थप सम्बन्धि पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसुचीमा उल्लेख छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नका जवाफ दिने कार्यक्रम रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथी सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने बन तथा बातावरण मन्त्री एेनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संसोधन माथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रतिकृया