• ५ साउन २०८३, मंगलबार
  • ८:३१ बेलुका

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

प्रकाशित मिति

२०८१ माघ २९ गते, मंगलवार ०८:०३

माघ २९, २०८१ काठमाडौँ: राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको आज उपचारको क्रममा काठमाडौँस्थित एक अस्पतालमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारीमा दिएका छन् ।

पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिईन् । श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिईन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिईन् ।

Kamana Sewa

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया