• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

तालिबानका उप-विदेशमन्त्रीले छोडे अफगानिस्तान

प्रकाशित मिति

२०८१ माघ २३ गते, बुधबार १०:०९

माघ २३, २०८१ काठमाडौँ: तालिबानका उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाईले अफगानिस्तान छोडेका छन् । उनी अफगानिस्तान छोडेर युएई गएको मिडिया रिपोर्टमा उल्लेख छ । स्तानिकजाईले अफगानिस्तानमा महिला शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको निर्णयको आलोचना गरेका थिए ।

तालिबानले अफगानी बालिकालाई माध्यमिक र उच्च शिक्षामा प्रवेश लिन प्रतिबन्ध लगाएको छ । स्टानिकजाईले भनेका थिए- ‘पैगम्बर मुहम्मदको समयमा पनि, शिक्षाको बाटो पुरुष र महिला दुवैका लागि खुला थियो । त्यहाँ यति उल्लेखनीय महिलाहरू थिए, यदि मैले उनीहरूको योगदानको विवरण दिनु पर्यो भने मलाई धेरै समय लाग्नेछ ।’

Kamana Sewa

स्तानिकजाईको यो बयानपछि तालिबान नेता मुल्ला अखुन्दजादाले उनलाई पक्राउ गर्न आदेश दिएका थिए । उनी अफगानिस्तानको लोगर प्रान्तको बाराकी बराक जिल्लाका हुन् । १९६३ मा जन्मेका स्टानिकजाई तालिबान लडाकुहरू जस्तै पश्तून हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेपछि, उनले देहरादूनको भारतीय सैन्य एकेडेमीमा तालिम लिएका थिए । १९७० को दशकदेखि, अफगान सेनाका सैनिकहरूलाई पनि यस एकेडेमीमा तालिम दिइन्थ्यो ।

Classic Tech Desktop

भारतमा आफ्नो तालिम पूरा गरेपछि, स्टानिकजाई अफगान सेनामा भर्ती भए । सोभियत संघ-अफगानिस्तान युद्धको समयमा उनी अफगान सेनाको हिस्सा थिए । १९९६ मा, उनले अफगान सेना छोडे । त्यतिबेला अफगानिस्तानमा तालिबान सत्तामा आएको थियो । जागिर छोडेपछि स्टानिकजाई तालिबानमा सामेल भए । यसैबीच, केही रिपोर्टहरूले सोभियत संघले अफगानिस्तान कब्जा गरेपछि स्टानिकजाई काबुल फर्कनुको सट्टा पाकिस्तान गएका दाबी गरिन्छ । यहीँ उनी तालिबानमा सामेल भए।

तालिबानले गत महिना महिलाहरूलाई नर्सिङ तालिममा पनि प्रतिबन्ध लगाएको थियो। समाचार एजेन्सी एएफपीका अनुसार डिसेम्बरमा काबुलमा भएको स्वास्थ्य अधिकारीहरूको बैठकमा तालिबान सरकारको निर्णयको घोषणा गरिएको थियो ।

क्रिकेटर रशिद खानले पनि तालिबानको निर्णयप्रति चिन्ता व्यक्त गरेका थिए । उनले तालिबानको यो निर्णयले अफगानिस्तानमा गहिरो प्रभाव पार्ने र देश पहिले नै चिकित्सा र प्यारामेडिकल कर्मचारीको अभावको सामना गरिरहेको बताएका थिए ।

तालिबानको निर्णयपछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो जसमा मेडिकल विद्यार्थीहरू रोइरहेको र एकअर्कालाई सान्त्वना दिइरहेको देखिएको थियो । तालिबानको निर्णयपछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो जसमा मेडिकल विद्यार्थीहरू रोइरहेको र एकअर्कालाई सान्त्वना दिइरहेको देखिएको थियो ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मिसनले पनि तालिबान सरकारलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न अपील गरेको छ । मिसनले यो निर्णयले देशको स्वास्थ्य प्रणाली र विकासमा प्रतिकूल प्रभाव पार्ने बताएको छ ।

तालिबानको यो निर्णयका कारण देशमा महिलाहरूको लागि शिक्षाको अन्तिम बाटो पनि बन्द भएको छ । तालिबानले २०२१ मा अफगानिस्तान पुनः कब्जा गरेपछि सरिया कानुन अन्तर्गतका कानुन लागु गर्दै आएको छ ।

प्रतिकृया