कांग्रेस संसदीय दलको बैठक स्थगित
प्रकाशित मिति
२०८१ माघ १८ गते, शुक्रबार १२:५७
माघ १८, २०८१ काठमाडौँ: नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । माघ २४ गते बिहान बस्नेगरी बैठक स्थगित भएको हो । बैठकमा सदस्यहरूको बोल्ने क्रम नसकिएपछि बैठक २४ गते बिहान बस्नेगरी स्थगित भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
उनले भने, ‘आजको बैठकमा बोल्ने क्रम सकिएन । २४ गते संसद बैठक हुन्छ । त्यही दिन बिहान ८ बजे बस्नेगरी बैठक स्थगित भएको छ ।’ उनका अनुसार बैठकमा सांसदहरूको बोल्ने क्रम सकिएको छ भने अब मन्त्रीहरू,पदाधिकारीहरू र नेताहरूको बाँकी छ । आजको बैठकमा सरकारले ल्याएका अध्यादेशलगायत विविध विषयमा छलफल भएको उनको भनाइ छ ।
यसैगरी बैठकमा ताप्लेजुङमा पाथीभारा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल समाधान गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेको र मन्त्री लेखकले वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएको समेत उनले बताए ।






प्रतिकृया