• ५ साउन २०८३, मंगलबार
  • ४:१४ बेलुका

मस्कको नाम नोबेल शान्ति पुरस्कारको लागि मनोनयन

प्रकाशित मिति

२०८१ माघ १८ गते, शुक्रबार ११:३६

माघ १८, २०८१ काठमाडौँ: टेस्लाका प्रमुख एलन मस्कलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ । युरोपेली संसदका स्लोभेनियाली सदस्य ब्रान्को ग्रिम्सले २०२५ को नोबेल शान्ति पुरस्कारको लागि मस्कको मनोनयन गरेका हुन् ।

अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको रक्षामा उनको योगदानका लागि यो मनोनयन गरिएको बताइएको छ । टेस्ला, स्पेसएक्स र सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक समेत रहेका मस्क राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको प्रमुखको रूपमा काम गरिरहेका छन् ।

Kamana Sewa

हालै मस्कले अभिवाय्क्ति स्वतन्त्रताको पक्षमा वकालत गरिरहेका छन् भने परम्परागत मिडियालाई भन्दा नयाँ मिडियालाई प्राथमिकता दिने मध्ये पर्दछन् ।

Classic Tech Desktop

नोबेल पुरस्कार वेबसाइटका अनुसार समितिमा मनोनयन बुझाउने अन्तिम मिति फेब्रुअरी १ हो । नोबेल समितिले बहुमतको आधारमा नोबेल पुरस्कार विजेताहरूको छनोट गरेपछि अक्टोबरमा विजेताहरूको घोषणा गर्ने गर्दछ ।

नोबेल शान्ति पुरस्कार समारोह डिसेम्बर १० मा नर्वेको ओस्लोमा आयोजना हुने गर्दछ । जहाँ नोबेल पुरस्कार विजेतालाई प्रदान गरिन्छ । जसमा नोबेल पुरस्कार पदक र डिप्लोमा तथा पुरस्कार रकम प्रदान गर्ने गरिन्छ ।

प्रतिकृया