• 3:13 pm

नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार

प्रकाशित मिति

२०८१ माघ ८ गते, मंगलवार ०३:५५

माघ ८, २०८१ काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०८ अकंले बढेर २६१३.०८ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

आज फाइनान्स सेक्टरको शेयर मूल्य १.०३ प्रतिशतले घटेको हो । साथै, बैंकिङ समूहको ०.३५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९२ प्रतिशत, व्यापार समूहको २.१० प्रतिशतले शेयर मूल्य घटेको छ । अन्य समूहको भने बढेको छ ।

आज १०६ कम्पनीको शेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ । आज ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिकृया