• ५ साउन २०८३, मंगलबार
  • ३:५१ बेलुका

एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा

प्रकाशित मिति

२०८१ माघ ८ गते, मंगलवार ०४:०६

माघ ८, २०८१ काठमाडौँ: गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । देउवा निवास बुढानिलकण्ठमा आज मंगलबार भएको भेटमा अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गर्नुभयो । संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरु थप निराश भएको अध्यक्ष डा केसीले बताउनुभयो ।

सो अवसरमा पूर्व प्रधानमन्त्री देउवाले केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानले नै दिएको अधिकार हो, जे जति कारण कार्यान्वयन नभएको भएपनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु ।ʼ

Kamana Sewa

उक्त अवसरमा संघका महिला उपाध्यक्ष रोजिना प्रधान राईको समेत उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया