• १ असोज २०८३, बिहीबार
  • १२ः१८ राती

एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने

प्रकाशित मिति

२०८१ माघ ३ गते, बिहीबार ०३:३४

माघ ३, २०८१ काठमाडौँ: धितोपत्र बजारमा साना तथा मझौला संगठित संस्थाहरूको सेयर कारोबारका लागि एसएमई प्लेटफर्म लागू भएको छ। आज (माघ ३) देखि साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागू भएको हो।

National Life

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमावली कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई पत्राचार गरेको छ । सेबोनका अनुसार, २५ करोड रुपैयाँसम्मको चुक्ता पुँजी भएका कम्पनीहरूले यस नियमावलीअनुसार आईपीओ निष्कासन गर्न सक्नेछन्।

साना कम्पनीहरूले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरको आवेदन दिनुपर्नेछ। सेयर निष्कासनपश्चात बिक्री बन्द भएको मितिबाट १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने व्यवस्था गरिएको छ। संस्थाको उपस्थिती र बजारको अवस्थाअनुसार अर्थ मन्त्रालयको स्वीकृति लिएर बोर्डले अधिकतम सीमा घटाउन वा बढाउन सक्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीहरूले जारी पुँजीको ३० प्रतिशतभन्दा कम र ४९ प्रतिशतभन्दा बढी नहुने गरी सेयर निष्कासन गर्न सक्नेछन्। साथै, यस्ता कम्पनीहरूले प्रिमियममा पनि आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ। तर, त्यसका लागि कम्पनीले लगातार तीन वर्षसम्म खुद मुनाफामा सञ्चालन भएको हुनुपर्नेछ।

त्यसैगरी, प्रतिसेयर चुक्ता पुँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएको अवस्थामा र कम्पनीले औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ ग्रेड प्राप्त गरेको खण्डमा मात्रै प्रिमियममा आईपीओ निष्कासन गर्न सकिनेछ। प्रिमियममा धितोपत्र निष्कासन गर्दा कम्पनीको पछिल्लो लेखापरीक्षण गरिएका वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थको दुई गुणासम्म निष्कासन मूल्य तोक्न सकिनेछ।

यदि आवश्यक भएमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्छ। तर, रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सकिने व्यवस्था छ। सेबोनबाट सेयर निष्कासनसम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट २ महिनाभित्र धितोपत्रको बिक्री खुला गरिसक्नुपर्नेछ।

प्रतिकृया