• 12:25 pm

दक्षिण कोरियामा १८१ जना यात्रु बोकेको विमान दुर्घटना, उद्धार कार्य जारी

प्रकाशित मिति

२०८१ पुष १४ गते, आईतवार ०८:४७

पुष १४, २०८१ काठमाडौँ: १८१ यात्रु बोकेको विमान दक्षिण कोरियाको एक विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ ।

१७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

योनहापका अनुसार उद्धार अभियान जारी रहँदा एक व्यक्ति जीवितै फेला परेका छन् ।

प्रतिकृया