• २ असोज २०८३, शुक्रबार
  • ११ः५१ बिहान

कजारिया टायल्सको ‘मेसन मिट २०२४’ सम्पन्न

प्रकाशित मिति

२०८१ मंसिर २५ गते, मंगलवार ११:३९

मंसिर २५, २०८१ काठमाडौँ: कजारिया टायल्सले हालै काठमाडौंमा ‘मेसन मिट २०२४’ सम्पन्न गरेको छ । १५० जना भन्दा बढी राजमिस्त्रीहरु सहभागी रहेको उक्त मिटमा भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकहरूसँग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गराइएको थियो।

National Life

मेसन मिटको उद्देश्य राजमिस्त्रीहरुलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने रहेको थियो । सो मिटमा कजारिया ब्रान्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो ।

कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरूलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीय स्तरमा घर तथा आवासहरूको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौंबाट सुरु भएको यो ‘मेसन मिट’ छिट्टै नै नेपाल अधिराज्यभरका कम्तीमा पनि १६ ठाउँहरूमा समेत गरिने कम्पनीले जनाएको छ । कार्यक्रममा काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रवीण सिंहले मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामाग्रीको छनौटका साथ साथै दक्ष जनशक्तिको पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए ।

काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा २ वर्ष अगाडी नवलपरासीमा खुलेको कम्पनी हो। कजारिया रमेश टायल्स नेपालको ठुलो सिरामिक र भिट्रिफाइड टायल निर्माता कम्पनी हो।

प्रतिकृया