• ३१ भदौ २०८३, बुधबार
  • ४ः२० बेलुका

अस्मिताको “जाऊ हिँड पोखरा” मा मुकुन्द र सरिताको रोमान्स ( भिडियो )

प्रकाशित मिति

२०८१ मंसिर २३ गते, आईतवार १०:२०

मंसिर २३, २०८१ काठमाडौँ: रोमान्टिक शैलीको नयाँ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ।

National Life

यस गीतमा गायक मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीले स्वर दिएका छन्। शब्द, संगीत, र निर्देशन मुकुन्द त्रिपाठीकै रहेको यो सिर्जना नेपाली सांगीतिक बजारमा एउटा रोचक प्रस्तुति हो। एरेन्जर राजु सुनाम र मिक्सिङ बिनोद परियारले यो गीतलाई प्राविधिक हिसाबले उत्कृष्ट बनाएका छन्।

भिडियोमा गायक मुकुन्द त्रिपाठीसँगै सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय रहेको छ। सिनेमाटोग्राफी सुबास सुबेदीले गरेका छन् भने सम्पादन र कलरिङ सुबास अम्गाईले गरेका छन्। भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्गा न्यौपाने त्रिपाठीद्वारा प्रस्तुत यो गीत मुकुन्द त्रिपाठीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। गीतले सांगीतिक प्रेमीहरूको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

प्रतिकृया